सोनम कपुरले दिइन् ‘ब्वाइफ्रेन्ड’ आनन्दलाई साइकल उपहार


बलिउड अभिनेत्री सोनम कपुरले प्रेमी आनन्द आहुजालाई साइकल उपहार दिएकी छन्। आनन्दको जन्मदिनको अवसरमा उनले साइकल उपहारमा दिएकी हुन्।

आनन्दले सोनमसँग आफ्नो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अहिलेसम्मकै उत्कृष्ट उपहार भएको बताएका छन्। सोनमले पनि वर्थ डे व्वाइ आफ्नो नयाँ बाइकसँग भन्दै लेखेकी छन्।

सोनम र आनन्द एक अर्कालाई डेट गरिरहेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। उनीहरु अहिले न्युयोर्कमा छुट्टि मनाई रहेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.