६२ वर्षीया बलिउड अभिनेत्रीले मागिन् काम, प्रियंकाले दिइन् यस्तो प्रतिक्रिया


बलिउड अभिनेत्री नीना गुप्ताले आफ्नो लागि काम मागेकी छन्। बलिउडमा नीनाको आफ्नै पहिचान छ। उनलाई कामको कुनै कमी छैन। ६२ वर्षीया नीनाले शुक्राबर इन्टाग्राममा एक क्याप्सन सहित तस्वीर राख्दै आफ्नो लागि काम मागेकी छन्।

उनले लेखेकी छन्,‘म मुम्बईमा बस्छु, काम गर्छु र राम्रो कलाकार हुँ, म एक राम्रो भूमिकाको खोजीमा छु’।

उनको यो पोष्ट सबैको लागि प्रेरणा भएको छ। उनकी छोरीले पनि आमाको पोष्टलाई सेयर गर्दै आमाको पोष्ट आफ्नो र सबैको लागि प्रेरणा भएको बताइन्।

राष्ट्रिय अवार्ड विजेता नीनाको काम माग्न नलजाउने बानी अभिनेत्री प्रियंका चोपडाले पनि प्रेरणा भएको बताइन्।

अहिले सामाजिक सञ्जालमा उनले काम गर्न र काम माग्न लजाउन हुँदैन भन्ने दिएको सन्देशलाई धेरैले मन पराएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.