दिपीका र रनवीरको ‘ब्रेकअप’ हल्ला मात्र !


बलिउडमा केही दिन अगाडी अभिनेत्री दिपीका पादुकोण र रनवीर सिंहबीच ब्रेकअपको खबर आएको थियो। तर रनवीरले यो खबर झुठो भएको पुष्टि गरेका छन्। अभिनेता रनवीर सिंह अभिनेत्री नेहा धुपियाको कार्यक्रममा जाँदा एक प्रश्नको जवाफमा उनले अहिलेसम्मकै काम गरेकी अभिनेत्रीमध्ये दिपीकाले उत्कृट चुम्बन्न गर्ने बताएका छन्।

उनीहरुको ब्रेकअपले दुइको फ्यानलाई  दुखित बनाएपनि रनवीरको यस्तो बयानले उनीहरु अझै साथमै छन् भन्ने पुष्टि गरेका छन्। उनीहरुको ब्रेकअपको हल्ला फिल्म ‘पद्यमवती’को प्रचारको लागि भएको बताईएको छ।

आगमी फिल्म ‘पद्यमावती’मा रनवीर र दिपीकाबीचमा सँगै कुनै सिन छैन। पद्यावतीका सदस्यसँग पनि यी दुईबीच ब्रेकअपको कुनै खबर नभएको भारतीय अनलाईन नवभारतटाइम्स इन्डियाले जनाएको छ।

नवभारतटाइम्सले यो सब हल्ला फिल्मको प्रचारको लागि ल्याइएको र दिपीका र रनवीरबीच कुनै दुरी नभएको दावी गरेको छ।

यो जोडी बिगत पाँच वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन्। दिपीकाले रनवीरलाई समय दिन नसकेको र रनवीरले अर्कै गर्लफ्रेन्ड खोजीसकेको केहीदिनअघि भारतीय सञ्चारमाध्यममा खबर छापिएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.