कटरिनाले जिस्काएपछि सलमान भुत्तुक्कै !


बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरिना कैफ आगामी फिल्म ‘जिंदा है टाइगर’को सुटिङको लागि मोरक्को पुगेका छन्।

उनीहरु फिल्मको सुटिङमा निकै रमाइलो गरिरहेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट भइरहेका छन्। फिल्मको एक्सन सिनमा सलमान निकै मिहेनत गरिरहेका छन् भने कटरिना सुटिङमा रमाइलो गरिरहेको तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गर्न सक्रिय छिन्।

हालै उनले पोष्ट गरेको एक तस्वीरमा सलमान मुख छोपेर हाँसेका छन्। कट्रिना पनि सँगै निकै हाँसेकी छन्। यो खबर भारतीय अनलाइन मिडिया न्युज२४अनलाइनमा प्रकाशित छ।

आखिर कटरिनाले सुटिङमा सलमानलाई त्यस्तो के भनिन् की सलमान लाजले भुत्तुकै भए? यो भने कट्रिनाले केही खुलाएकी छैनन्।

ओरालो लागेको करिअरलाई उकास्न कट्रिनाले फेरी सलमानको साथ पाएकी छन्। उनीहरुको सम्बन्ध पनि अहिले राम्रो देखिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.