रजनीकान्तको वायोपिकमा ज्वाइँ धनुषको खेल्न इच्छा !


दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तको वायोपिकमा उनकै ज्वाइँ धनुषले खेल्ने इच्छा व्यक्त गरेका छन्।

बलिउड फिल्म ‘रांझणा’, ‘शमिताभ’ जस्ता फिल्म खेलेर चर्चामा आएका धुनुषले आफ्नै ससुराको जीवनमा आधारीत फिल्ममा काम गर्न इच्छा भएको बताएका छन्।

बीबीसी हिन्दीसँगको एक अन्तर्वार्ताको क्रममा धनुषले आफुलाई अहिलेसम्म यस्तो प्रस्ताव नआएको तर रजनीकान्तकको वायोपिकमा अफर गरिए पक्का खेल्ने बताए।

उनले ससुराको जीवनीमा आफुँले अभिनय गर्न निकै रोमाञ्चक हुने पनि बताए।

रजनीकान्तका जेठी छोरी ऐश्वर्यको विवाह अभिनेता धनुषसँग भएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.