कपिलको शो छाडेपछि सुनिल ग्रोवरको बढ्यो पारिश्रमिक


भारतीय कमेडियन रियालिटी शो ‘द पिल शर्मा शो’ मा डा गुलाटीको भूमिका निभाउने सुनिल ग्रोवरले आफ्नो पारिश्रमिक ह्वात्तै बढाएका छन्।

खबरका अनुसार कपिलको शोमा ग्रोवरले एक एपिसोडको १२ देखि १३ लाख रुपैयाँ लिने गरेका थिए। तर उनले अहिले आफ्नो पारिश्रमिक दुईगुणा बनाएका छन्।

कपिल शर्माको शो छाडेपछि उनलाई थुप्रै अफर आउन लागेका छन् तर उनी स्टेज र अतिथि भूमिकामा मात्र बढी देखिने गरेका छन्।

भारतीय सञ्चारमाध्यम बलिउड तड्काका अनुसार अहिले ग्रोवरले २२ देखि २३ लाख रुपैयाँसम्म लिने गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.