विवाह अगाडि नै कपिलको करिअर धरापमा, यस्ता छन् कारण


स्टार कमिडियन कपिल शर्माको जीवन अहिले सबै ठीकठाक छैन। कुनै समय आफ्नो कार्यक्रमले सबैलाई काबुमा राख्न सफल कपिल अहिले व्यबसायिक कठिन परिस्थितिबाट गुज्रिरहेका छन्।

मिडिया रिपोर्ट अनुसार कपिल पछिल्लो समय ३ पटक सेटमै बेहोस भएका छन्। उनको स्वास्थ्य खराब भएपछि अभिनेता शाहरुख खानले पनि शोको सुटिङ रद्द गुर्नपरेको थियो।

केही समय अगाडी गर्लफ्रेन्डसँग इन्गेजमेन्ट गरेका कपिलले अर्को वर्ष विवाह गर्ने सोच बनाएका थिए। तर बिवाह अगाडी नै कपिलको करिअर समस्यामा परेको छ।

कपिल कार्यक्रमको टीआरपी घट्दै गएपछि डिप्रेशनको सिकार पनि भएको बताइएको छ। उनको कार्यक्रममा टीआरपी घट्दै जानुले च्यानलले कार्यक्रम बन्द गर्न दवाव दिन सक्छन्। कपिलको अहिले अवस्था बिग्रनुको मुख्य कारण निम्न छ।

पुरानो टीमको साथ छोड्नु
कपिलको पुरानो टीमले साथ छोडेपछि उनको खराब दिन सुरु भएको थियो। उनको सफल टीमका सदस्यले एकाएक साथ छोड्न थालेपछि एक्लै कपिलले केही गर्न सकेनन्। अभिनेता सुनिल ग्रोबर, अलि असगर, चन्दन प्रभाकर अब उनको साथमा छैनन्। भारती फर्किएर आउँदा पनि शो मा पहिलेको जस्तो रौनक छाउन सकेन।

शो को गिर्दो टीआरपी

कपिलको शो को टीआरपी गिर्दो अवस्थामा छ। उनको शोले टप १५ मा पनि स्थान बनाउन सकेको छैन।

बढ्दो प्रतिस्पर्धा
कमेडियन कार्यक्रमको संख्या अहिले बढेको छ। उनकै साथीहरुले दर्शकलाई तान्ने कार्यक्रम ल्याएका छन्। कृष्णा अभिषेकको ड्रामा कम्पनीमा कपिलकै साथीहरु सहभागी छन्।

खराब स्वास्थ्य
कपिलको स्वास्थ्य पनि अहिले ठीक छैन। उनी शोको सुटिङमै ३ पटक बेहोस भएका थिए। साथै उनी आफ्नो फिल्म फिरंगीको सुटिङमा पनि व्यस्त छन्।

शो अफ एयर हुने खतार
कपिलले कर्लस च्यानलबाट सोनीमा सिफ्ट हुँदा करोडौंको डिल भएको थियो। अब शोले टीआरपी बढाउन नसक्दा शो नै बन्द हुन सक्ने दबाव पनि उनीमाथि छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.