सलमानको कारण अभिषेकको फिल्ममा बाधा !


बलिउड अभिनेता अभिषेक बच्चनको आगामी फिल्म ‘लेफ्टी’को सुटिङ सुरु हुनै लाग्दा रोकिएको छ। उनको फिल्मको सुटिङ रोकिनुको कारण अरु कोही नभएर अभिनेता सलमान खानलाई मानिएको छ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार फिल्मका निर्देशक प्रभु देवाले यो फिल्मको काम सुरु गर्न लागेका थिए तर अब उनले यो फिल्मको कामलाई थाँती राखेका छन्।

खासमा सलमानको फिल्म ‘दबंग ३’ मा पनि निर्देशनको काम प्रभुदेवाले नै गर्न लागेका छन्। ‘दबंग ३’ को लागि उनी अर्को वर्षसम्म ब्यस्त हुनेछन्।

अब अभिषेकको ‘लेफ्टी’को सुटिङको समय केही पर धकेलिएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.