सारेगमपका पुर्व सहभागी गायकको मृत्यु


भारतीय रियालिटी शो सारेगमपका पुर्व सहभागी पाकिस्तानी गायक जयन अलीको मृत्यु भएको छ। जयनको शव उनको साथीको घरको बाथरुममा भेटिएको छ।

मिडिया रिर्पोट अनुसार जयन आफ्नो घर लाहोरदेखि विहिबार राति आफ्नो साथीको घर शेखरापुर गएका थिए।

जयनका साथीहरुले बाथरुममा जयलाई बेहोस अवस्थामा भेटिएको र अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताएका छन्।

प्रहरीले जयनको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको बताइएको छ। जयनका परिवार उनको पोष्टमार्टम रिर्पोट कुरिरहेका छन्।

मिडिया खबर अनुसार जयनको गीत छिट्टै रिलिज हुने तयारीमा थियो।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.