बलिउडमा पनि अनमोलको चर्चा


नेपाली सिने क्षेत्रमा अभिनेता अनमोल केसीमो माग उच्च छ। रोमान्स, एक्सन सबै विधामा फिट अनमोलले खेलेका सबै फिल्म हिट भएका छन्। उनी नेपालमा सबैभन्दा धेरै पारिश्रमिक पाउने अभिनेतामा पर्छन्। हालै उनले एउटा फिल्मको लागि २० लाख रुपैयाँ लिएको चर्चा चलेको थियो। उनको पारिश्रकिको चर्चा नेपालमा मात्र अब सिमित रहेन।

एक भारतीय अनलाई न्युज पोर्टलले अनमोलले लिने पारिश्रमिकको चर्चा गरेको छ। चर्चित अनलाईन पत्रिका ‘अमर उज्याला’ले अनमोलको नाममा ‘मिलिए नेपाल के सुपरस्टार से जिसकी हर फिल्म होती है ब्लकबस्टर, लेता है मोटी फीस’ शिर्षकको समाचार प्रकाशन गरेको छ।

समाचारमा अनमोलको प्रशंसा गर्दै सन् २०१३ मा फिल्ममा डेब्यु गरेका केसीको हरेक फिल्म ब्लकबस्टर हुने गरेको बताएको छ। समाचारमा अनमोलले ८ लाख देखि २० लाखसम्म फिल्ममा पारिश्रमिक लिने गरेको जनाएको छ।

अनमोललाई आफ्नै बलबुतामो छोटो समयमै यति राम्रो स्थान बनाउन सफल भएको पत्रिकाले बताएको छ।
नेपाली फिल्मका सुपरस्टार भुवन केसीका छोरा अनमोलको नेपाली फिल्म वृतबाट पर भारतीय सञ्चारमाध्यममा पनि चर्चा हुनुले उनको स्टारडमको अनुमान लगाउन सकिन्छ।

भारतीय सञ्चारमाध्यममा आएको समाचारले बलिउड निर्माताको ध्यान अनमोल तिर नजाला भन्न सकिन्न।

अनमोल अहिले फिल्म ‘कृ’ को छायाँकनमा व्यस्त छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.