रमेश उप्रेतीले निर्मातासँग किन मागे माफि?


९ वर्षपछि फिल्म ‘ब्रासलेट’बाट कमब्याक गरेका अभिनेता रमेश उप्रेतीले निर्माताहरुसँग माफि मागेका छन्।
कुनै समय नेपाली फिल्मका निर्माताहरुलाई निकै दुख दिने रमेशले अहिले उनीहरुसँग सम्रगमा माफि मागेका हुन्।

झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर २’ लाई शुभकामना दिन आयोजित कार्यक्रममा रमेशले फिल्म बनाउँदा झेल्नुपर्ने दुखको स्मरण गर्दै आफ्नो समयमा निर्मातालाई दिएको दुखप्रति पश्चताप भएको बताए।

उनले कात्तिक १ गते रिलिजको तयारीमा रहेको फिल्म ‘ऐश्वर्य’ निर्माण गरेका छन्।

‘फिल्म निर्माण गर्न निकै दुख बेहोर्नुपर्दो रहेछ’, उनले भने‘ बल्ल मेरो सद्बुद्दि पलाएको छ, अहिले आएर पो थाहा भयो मैले निर्माताहरुलाई कति दुख दिएको रहेछु।’

नेपाली फिल्म क्षेत्रमा लोकप्रियता कमाई रहेको बेला रमेश अमेरिका पुगेका थिए। ९ वर्ष अमेरिका बसेपछि रमेशले फिल्म ‘ब्रासलेट’ बाट कमब्याक गरेका थिए। तर फिल्म सफल भएन । अहिले उनले फिल्म निर्माणमा हात हालेका छन्।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.