फिल्म ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक, २ दिनमै ६ लाख बढीले हेरे


फिल्म ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक भएको ३ दिनमै ६ लाखभन्दा बढीले हेरेका छन्। ट्रेलर सार्वजनिक भएको २४ घण्टा नवित्दै फिल्मको ट्रेलरलाई पाँच लाख बढीले हेरेका थिए।

यसअघि फिल्म ‘लुट २’ को ट्रेलरले युटुवमा २४ घण्टा नबित्दै ३ लाख ३९ हजारले हेरेका थिए।

झरना थापाद्धारा निर्देशित पहिलो फिल्म ‘ए मेरो हजुर २’ १० वर्ष अघिको फिल्म ‘ए मेरो हजुर’को सिक्वेल हो। जसमा अभिनेत्री झरना थापा र अभिनेता स्व श्रीकृष्ण श्रेष्ठको अभिनय थियो।

फिल्मको ट्रेलर ६ लाख २१ हजार बढीले हेर्दासम्म १४ हजार ६ सय उन्नाईस लाईक पाएको छ।

भदौ १६ गते रिलिजको तयारीमा रहेको फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिमान बानियाँको मुख्य भूमिका छ। सलमानले यसै फिल्मबाट डेब्यु गरेका छन्। फिल्मको गीत र ट्रेलर सार्वजनिक भएपछि नेपाली फिल्म बजारमा उनको चर्चा सुरु भएको थियो।

फिल्ममा सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, अनुभव रेग्मी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको अभिनय छ।
हेर्नुस ट्रेलर

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.