‘प्रेम गीत’ मा २ लाख लिएका प्रदिपले ‘प्रेम गीत २’ मा कति पाए?


फिल्म ‘प्रेम गीत’ बाट नेपाली रजतपटमा डेब्यू गरेका अभिनेता प्रदिप खड्काको चर्चा यतिबेला चुलिएको छ। ‘प्रेम गीत’ बाट २ लाख रुपैयाँ पारिश्रमिक लिएका खड्काले ‘प्रेम गीत २’ मा ८ लाख रुपैयाँ लिएका छन्।

अभिनेता अनमोल केसीले एक फिल्ममा २० लाख रुपैयाँ लिएको खबरले तातेको नेपाली फिल्म क्षेत्रमा खड्काको यस पारिश्रमिकले उनको माग कति रहेछ भनेर सजिलै आंकलन गर्न सकिन्छ।

‘प्रेमगीत’बाट लोकप्रिय खड्कालाई धेरै फिल्मको अफर आएपनि उनले छानेर मात्र फिल्म खेल्ने बताएका छन्। खड्काले ‘प्रेम गीत’मा २ लाख रुपैयाँ पाएको र ‘प्रेम गीत २’ मा ८ लाख रुपैयाँ लिएको स्वीकार गरेका छन्। सन्तोष सेनले निर्माण गरेको फिल्म ‘प्रेम गीत २’ साउनको १२ गते प्रर्दशनको तयारीमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.