मृत्युको मुखबाट फर्किएका बलिउडका यी कलाकार !


फिल्ममा काम गर्ने कलाकारले सुटिङको समयमा धेरै मिहेनत गर्नुपर्छ। उनीहरु सुटिङ गर्दा कहिलेकाहीँ गम्भीर दुर्घटनामा पनि पर्छन्।

बलिउडमा पनि यस्ता धेरै कलाकार छन् जो सुटिङको क्रममा दुर्घटनामा परेका छन् र कोही कोही त मृत्युको मुखबाटै फर्किएका छन्।

क‌ंगना रनावत
अभिनेत्री कंगना रनावत आगामी फिल्म मनिकर्निकाको सुटिङको क्रममा सख्त घाइते भएकी छिन्। उनको निधारमा झुक्किएर तरवारले काटेपछि उनलाई अस्पताल भर्ना गरेर आइसीयुमा राखेर उपचार गरियो । उनको निधारमा १५ टाँका लगाईएको छ।

सलमान खान
फिल्म तेरे नामको सुटिङको क्रममा सलमान खान एउटा भयंकर दुर्घटनाबाट बचेका थिए। उनले एक अन्र्तवार्ताको क्रममा त्यो समयको अनुभव आफैंले सुनाएका हुन्। उनका अनुसार तेरे नामको एक सिनमा रेलको लिकमा हिँड्नुपर्ने थियो। उनी लिकमा हिँड्दै गर्दा पछाडिबाट रेल आएको सलमानले थाहै पाएनन्। रेल सलमानको नजिक आउँदासम्म सलमानले चाल नपाएको देखेर सुटिङकै एक कर्मचारीले उनलाई धक्का दिएर बचाएका थिए।

ऐश्वर्या राय
फिल्म खाकीको सुटिङको क्रममा एउटा अनियन्त्रित जीपले ऐश्वर्यालाई ठक्कर दियो। उनी सडकको अर्को छेउको झाडीमा गएर पछारिइन्। उनलाई तत्काल अस्पताल भर्ना गर्न परेको थियो।

अमिताभ बच्चन
बलिउड सुपरस्टार अमिताभ बच्चन पनि मृत्युको मुखबाट फर्किएका थिए। फिल्म कुलीको सुटिङमा फाईट सीन गर्दा यस्तो चोट लाग्यो की उनी ५९ दिनसम्म अस्पताल भर्ना हुनुपरेको थियो। यहाँसम्म कि उनको मृत्युको हल्ला नै चलेको थियो। एक अन्र्तवार्ताको क्रममा अमिताभले त्यो समयमा डाक्टरले उनलाई मृत घोषित नै गरेको बताएका थिए। तर, पुनः जाँच र धेरै प्रयासपछि उनी आफू जिवित भएको उनले बताएका थिए।

नरगीस दत्त
फिल्म मदर इन्डियाको सुटिङको क्रममा अभिनेत्री नरगीस आगोको बीचमा फसिन्। उनलाई अभिनेता सुनिल दत्तले आफ्नो ज्यानको बाजी राखेर आगोबाट बचाएका थिए। त्यस घटनाको केही महिनामै यी दुईले विवाह गरे।

जोन अब्राहम
फिल्म ‘सुट एट वडाला’को क्लाइम्याक्स सुटिङको समयमा गोली प्रयोग गर्नुपर्ने थियो । तर जोन र अनिल कपुरले सन्तुलन गुमाउँदा चलेको गोली जोनको घाँटीको छेवैबाट गयो। जोनलाई धेरै चोट चाँहि लागेन।

सनी लियोनी
फिल्म वान नाइट स्ट्याण्डको सुटिङ गर्न समुन्द्र किनार पुगेकी सनीलाई समुन्द्रले बगाएको थियो। समुन्द्रमा भएको रक्षा समुहले उनलाई पानीबाट बाहिर निकालेका थिए।

ऋतिक रोशन
फिल्म क्रिषको सुटिङका बेला ऋतिक डोरीको माध्यमबाट अग्लो भवनमा चढेका थिए। उनी चढ्दा चढ्दै डोरीबाट खसेका थिए। तर उनलाई त्यहाँ भएका सुटिङका कर्मचारीले बचाएका थिए। यस्तै घटना फिल्म व्याङ्ग व्याङ्गमा पनि भएको थियो। जसको कारण उनको टाउकोमा रगत जम्यो र शल्यक्रिया नै गर्नुपरेको थियो।

आयशा टाकिया

फिल्म डोरको सुटिङको क्रममा आयशालाई रेलको एक लिकमा दौडनुपर्ने थियो। दौडदै गर्दा उनी खुट्टा चिप्लिएर रफ्तारमा आएको रेलको अर्को लिकमा गएर पछारिइन्। त्यहाँ भएको टोलीले उनलाई बचाएको थियो।

सैफ अलि खान
फिल्म क्या कहेनाको सुटिङको समयमा सैफको मोटरसाईकल दुर्घटना भएको थियो। सेटमा भएकी अभिनेत्री प्रिती जिंटा र कर्मचारीले सैफलाई समातेर अस्पताल लगेका थिए। त्यस बेला सैफलाई धेरै ठाउँमा टाँका लगाउनु परेको थियो।

प्रिती जिंटा
एक कार्यक्रममा प्रस्तुति दिइरहेकी प्रितीको अगाडि बम पड्कियो। उनी यसअ घटनाबाट बच्न सफल भएकी हुन्।

लारा दत्त
फिल्म अन्दाजको सुटिङका बेला लारा चट्टानमा चिप्लिएर समुन्द्रमा खसेकी थिइन्। उनलाई अक्षय कुमारले बचाएका थिए।

जरिन खान
डेथ अफ अमर फिल्मको सुटिङको क्रममा जरिन खानको कार दुर्घटनामा परेको थियो। उनलाई त केही भएन तर क्यामरा पर्सन भने गम्भीर घाइते भएका थिए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.