छोरीकी आमा बनिन् सनी लियोनी


बलिउड अभिनेत्री सनी लियोनी एक छोरीको आमा बनेकी छन्। सनी र उनका श्रीमान डेनियाल वेवरले २१ महिनाे शिशुलाई कानुनी प्रक्रिया पुर्याई आफ्नो छोरी बनाएका हुन्।

महाराष्ट्रको लतुरकी २१ महिने शिशुको नाम उनीहरुले निशा कौर वेवर राखेका छन्।

यही हप्ता सनीले आमा बन्ने इच्छा जताएकी थिईन्। उनले आफैले बच्चा जन्माउन अहिलेको समय ठीक नभएको र निकै व्यस्त भएकाले कानुनी रुपमा बच्चा लिनुपरेको बताएकी छन्।

सनीका श्रीमानले छोरी निशाले आफ्नो जीवनमा खुसी ल्याएको बताउँदै केही दिनमा नै छोरी पाउँदा निकै खुसी भएको बताए।

सनीले बच्चाकोलागि सरोगेसी प्रक्रियामा जाने सोच गरेको भएपनि कानुनी प्रक्रियाबाट नै छोरी पाउन राम्रो लागेको बताईन्।

सनीले परिवार अगाडी बढाउने इच्छा पुरा भएको र छोरी निशाको स्याहार सुसारमा आफुहरु शारीरिक, मानसिक र आर्थिक रुपमा तयार भएको बताईन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.