‘लिंकिन पार्क’ ब्याण्डका भोकलिष्ट चेस्टर बेनिङटनले गरे आत्महत्या

‘लिंकिन पार्क’ ब्याण्डका भोकलिष्ट चेस्टर बेनिङटनले गरे आत्महत्या

LAS VEGAS, NV - MAY 09: Singer Chester Bennington of Linkin Park performs onstage during Rock in Rio USA at the MGM Resorts Festival Grounds on May 9, 2015 in Las Vegas, Nevada. (Photo by Christopher Polk/Getty Images)


रक ब्याण्ड लिंकिन पार्कका भोकलिष्ट चेस्टर बेनिङटनले आत्महत्या गरेका छन्। ४१ वर्षीय चेस्टरले आफ्नो निजी निवासमा झुण्डिएर आत्महत्या गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनको शव स्थानीय समय अनुसार बिहान ९ बजे आफ्नै निवासमा भेटिएको थियो।

चेस्टर लामो समयदेखि लागुऔषध र रक्सीको लतमा थिए। आत्मीय मित्र बनिङटन साउण्गार्डनका भोकलिस्ट क्रिसले आत्महत्या गरेको केही महिनामै उनले आत्महत्या गरेका छन्।

सन् १९९६ मा स्थापना भएको लिंकिन पार्क व्याण्डले विश्वभर ७ करोडभन्दा बढी एल्बम बिक्री गरेको थियो। यो व्याण्डले दुईवटा ग्रामी अवार्ड पनि जितेको छ।

ब्याण्डको मेरेओरा एम्लब बिलबोर्डको टप २०० चार्टको शीर्ष स्थानमा पुग्न सफल भएको थियो। यो एल्बमलाई सबैभन्दा ठूलो इन्डी रक रेकर्ड पनि मानिन्छ।

चेस्टरका एक पत्नी र छ छोराछोरी छन् ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.