बाघसँग सुटिङ गर्नु पागलपन थियोः अमिताभ बच्चन


बलिउडका सुपरस्टार अमिताभ बच्चनले साँच्चीकै बाघसँग सुटिङ गर्नु निकै पागलपन भएको बताएका छन्। उनले सन् १९७७ मा फिल्म ‘खुन पसिना’ मा साँचैको बाघसँग स्टन्ट गरेको तस्वीर ट्वीटरमा सेयर गर्दै यो कुरा अहिलेको निर्देशकले पागलपन मानेको बताएका छन्।

उनले ट्वीटरमा ट्वीट गर्दै क्याप्सनमा फिल्म ‘खून पसिना’मा साँचैको बाघसँग स्टन्ट, तर अहिलेका निर्देशकले मलाई यस्तो काम गर्नु पागलपन भएको बताएछन् भनि लेखेका छन्।

राकेश कुमार निर्देशित फिल्म ‘खून पसीना’ मा रेखा, असरानी, अरुणा ईरानी, कादर खान र दिवंगत कलाकारको रुपमानिरुपा राष र विनोद खन्ना ने काम गरेका थिए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.