‘ग्याङ्गस्टर ब्लूज’ अभिनेता आशिरमानको नाममा यी यूवतीले लगाईन् मेहन्दी !


फिल्म ‘ग्याङ्गस्टर ब्लूज’बाट नेपाली फिल्ममा डेब्युको तयारीमा रहेका अभिनेता आशिरमान देशराज जोशी युवापुस्तामाझ परिचित अनुहार हो।
फिल्म ग्याङ्गस्टर ब्लूजको ट्रेलर र गीत रिलिज भएसँगै उनको चर्चा झन् चुलिएको छ।

ह्यान्डसम, अग्लो र ड्यासिङ लुकका कारण अहिलेसम्म कुनै फिल्म वा म्यूजिक भिडियोमा नदेखिएका जोशीको युवती फ्यान पनि उत्तिकै छन्।

साउन सुरु भएलगत्तै आशिरमानका युवती फ्यानहरु सक्रिय भएका छन्। आशिरमानले सोचेका पनि थिएनन् होला कुनै फ्यानले उनको नामको मेहन्दी आफ्नो हातमा सजाउँछिन् भनेर।

तर मनिता नाम गरेकी एक यूवतीले आफ्नो हातमा आशिरमान जोशीको नाम लेखेर सामाजिक सञ्जालमाफर्त सार्वजनिक गरेकी छन्।

उनले मेहन्दीले हातमा आशिरमान जोशी लेख्दै क्याप्सनमा धेरै माया आशिरमानलाई भनेकी छन्।

फिल्म अगाडिनै अाशिरमानको फ्यानहरुको यस्तो मायाले  फिल्म निर्माण पक्ष र उनलाई पनि फाइदा पुग्ने देखिन्छ।

भदौ २ गते  रिलिजको तयारीमा रहेको फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतले अभिनय गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.