सन्नी आमा बन्ने निर्णयमा


बलिउड अभिनेत्री सन्नी लियोनी लामा समयदेखि फिल्म क्षेत्रबाट टाढा छिन्। सन्नी र उनको श्रीमान् डेनियाल केही टिभी र फिल्मसँग सम्बन्धित काम गरिरहेका छन्। हालै सनीले एक अन्र्तवार्तामा आमा बन्ने विषयमा बोलेकी छन्।

स्पोटव्वाय डटकमका अनुसार उनीहरुले आमाबुवा बन्ने निर्णय गरेका छन्। सनी हिजोआज आगामी शो स्पिलिट्सभिल्लाको सिजन १० को प्रमोशनमा व्यस्त छिन्।

सनीले एक अन्र्तर्वातामा अचानक आफुले काखमा बच्चा लिएर सार्वजनिक हुन सक्ने बताएकी छन्। उनले बच्चा आफैले नजन्माएर सरोगेसी प्रक्रियाबाट लिन सक्ने संकेत गरिन्।

तर उनले यसबारेमा कुनै निर्णय नभएको बताईन्। तर उनी आफने परिवार बढाउने तयारीमा भएको बताईन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.