भारतीको विवाहको आधा खर्च हर्षले बेहोर्ने


भारतीय कमेडियन भारती सिंह र उनका हुनेवाला श्रीमान हर्ष लिंबचिया विवाहको तयारीमा जुटेका छन्। उनीहरुले यही वर्षको नोभेम्बर वा डिसेम्बरमा बिहे गर्ने राम्रो साइत खोजीरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो जोडीले धेरै समयदेखि एकअर्कालाई ‘डेट’ गरिरहेका छन्। उनीहरुले आफ्नो विवाहमा पनि बराबर खर्च गर्ने  बताइएको छ।

भारतीले एक अन्तर्वार्तामा भनेकी छन्,‘म कति भाग्यमानी छु की मलाई हर्ष जस्तो जीवनसाथी मिलेको छ। जब उनले विवाहको खर्च बराबर भाग लगाउने कुरा गरे तब मलाई निकै गर्व महसुस भयो।’

भारतीले पन्जावी विवाहमा केटीको पक्षले सबै खर्च गर्ने गरेको देखेको बताउँदै हर्षको निर्णयको सम्म्मान गरेको बताएकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.