किन दुखी छन् अामिर?


अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफद्वारा अभिनित फिल्म ‘जग्गा जासुस’ शुक्रबार रिलिज भएको छ।
फिल्म रिलिज भएपनि बलिउड स्टार आमिर खान भने खुसी हुन सकेका छैनन्।

आमिरले फिल्म ‘जग्गा जासुस’ हेर्न निकै इच्छा जताएपनि आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङको लागि उनी देश बाहिर भएका कारण फिल्म हेर्न पाएका छैनन्।

फिल्म हेर्न नपाएकोमा आमिर दुखी हुँदै आफ्नो फेसबुक अकाण्ट मार्फत स्ट्याटस लेखेका छन्।

उनले लेखेका छन्, ‘म निकै दुखी छु, किनकी मैले जग्गा जासुस हेर्न पाउँदिन। म यो फिल्म धेरै अगाडी देखि नै हेर्न चाहन्थें’।

फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा पनि कट्रिना आमिरसँग देखिएकी छन्। यो जोडीले यस अघि ‘धुम ३’ मा पनि सँगै काम गरका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.