विवाह गर्दै बरुण धवन?


बलिउड अभिनेता बरुण धवनले आफ्नी गर्लफ्रेन्ड नताशासँग विवाह गर्ने खबरले बलिउड तातेको छ। भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बरुण अब आफ्नो लामो प्रेम सम्बन्धलाई विवाहको रुप दिने तयारीमा छन्।

बरुण र नताशा सानैदेखिका मिल्ने साथी हुन्। उनीहरुको प्रेम केही समय अगाडी नै सार्वजनिक भएको थियो।

उनीहरु प्राय सबै ठाउँ र कार्यक्रममा सँगै देखिने गर्छन्। मिडिया रिपोर्टका अनुसार बरुणले अब छिट्टै नै ‘इन्गेजमेन्ट’ गर्ने छन्।
तर यो विषयमा भने अहिले बरुणले  केही बोलेका छैनन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.