बोनी कपूरले सोच्थे छोरा अर्जुनलाई ‘गे’

बोनी कपूरले सोच्थे छोरा अर्जुनलाई ‘गे’


बलिउड अभिनेता अर्जुन कपुर युवतीहरुबीच निकै लोकप्रिय छन्। यीनै अर्जुन कपुर कुनै समय निकै मोटो र भद्दा थिए। बलिउडमा आउन उनले आफ्नो वजन पनि घटाए र खेलेका फिल्महरु पनि निकै हिट रहे।

एक अन्तर्वातामा अर्जुनले निकै रमाईलो अनुभव सुनाएका छन्। अर्जुनले बुवा बोनी कपुरले आफुलाई कुनैबेला ‘गे’ सोचेको खुलासा गरेका छन्।

उनले बताए अनुसार यो कुरा अर्जुन २० वर्ष उमेर हुँदाको हो। वुबा निर्देशक बोनी कपुरको महंगो कारमा अर्जुन साथीहरुसँग रातीको क्लब पार्टीमा जाने गर्थे। ।

अर्जुन रातीको पार्टीमा गएको देखेर बुवाले उनलाई गर्लफ्रेन्ड छ की छैन भनेर सोधेछन्। बुवाको कुरा सुनेर अर्जुनले आफ्नो कुनै गर्लफ्रेन्ड नभएको र पार्टी आफ्नो ४,५ जना केटा साथीसँग जाने गरेको बताए।

अर्जुनको कुरा सुनेर बुवा खुसी हुनुपर्नेमा झन चकित परे। अर्जुनले बताए अनुसार बोनीलाई अर्जुन कतै ‘गे’ त हैन भन्ने लागेर पत्ता लगाउन थालेछन्। अर्जुनले आफुलाई बुवाले ‘गे’ सोचीरहेको थाहा पाएपछि निकै रिस उठेको बताए।

अन्तर्वार्तामा उनले अहिले यो कुरा सोच्दा निकै हाँसो लाग्ने बताएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.