जस्टिन बिबरलाई प्रहरीले किन तिरायो जरिवाना?


गायक जस्टिन बिबरलाई प्रहरीले जरिवाना तिराएको छ। उनले आफ्नो गाडी चलाइरहेको बेला फोन प्रयोग गरेकाले जरिवाना तिर्नुपरेको हो। अन्तराष्ट्रिय मिडिया टीएमजेका अुनसार यो घटना शुक्रबार बेवरली हिलमा भएको हो।

उनी त्यो समय कतै जाँदै थिए र गाडीमा बिबरले फोन चलाएको देखेपछि प्रहरीले उनीमाथि जरिवाना लगाएको हो।

बिबरले गाडीमा फोन गरेका थिए वा म्यासेज गरेका थिए भन्ने अझै स्पस्ट हुन भने सकेको छैन। प्रहरीका अनुसार सो समय बिवर निकै शान्त हुँदै प्रहरीको कार्यमा सहयोग गरेका थिए।

बिबर आफ्नो स्वर र गीतको कारण सानो उमेरमा नै चर्चित छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.