कमल हसनलाई पक्राउ गर भन्दै प्रहरीमा उजुरी


अभिनेता कमल हसनमाथि तमिल संस्कृतिको अपमान गरेको आरोप लागेको छ। उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गर्दै राष्ट्रवादी हिन्दु पार्टीले उनलाई पक्राउ गर्न माग गरेको छ।

बिग बोसको तमिल संस्करणमा प्रतिबन्ध लगाउनु पर्ने माग राख्दै हसनमाथि तमिल संस्कृति दुषित गरेका आरोप लगाइएको हो।

प्रहरीमा दर्ता भएको रिपोर्टमा राष्ट्रवादी हिन्दु पार्टीले शोका केही सहभागीलाई पनि पक्राउ गर्नुपर्ने माग गरिएको छ।
शोमा सहभागीले अश्लील टिप्पणी र एकदमै थोरै कपडा लगाएर अभिनय गर्ने हुनाले यो अश्लील भएको संगठनको भनाइ छ। यसले सम्पूर्ण तमिल संस्कृति र बासिन्दाको अपमान गरेको भन्दै कार्यक्रम बन्द गर्न र हसन लगायतका कलाकारलाई पक्राउ गर्ने माग गरिएको हो।

तमिल संस्करणको बिग बोस स्टार विजय च्यानलमा गत २५ जूनबाट प्रशारण भइरहेको छ। यही शोमार्फत् कमल हसनले टिभीमा आफ्नो काम सुरु गरेका हुन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.