‘बिग बोस-११’ मा ढिन्चक पूजा पनि? यी हुनेछन् प्रतिस्पर्धी

‘बिग बोस-११’ मा ढिन्चक पूजा पनि? यी हुनेछन् प्रतिस्पर्धी


हिन्दी टिभीमा आउने रोचक कार्यक्रम ‘बिग बोस’ को नयाँ सिजनको चर्चा सुरू भइसकेको छ। शोको अब ११ औं सिजन सुरू हुँदैछ। बलिउड अभिनेता सलमान खानले होस्ट गर्ने भनिएको शोमा सहभागी हुने १२ प्रतिस्पर्धीको नाम बाहिर आएको छ।

भारतीय समाचारमाध्यमका अनुसार ‘बिग बोश’ को ११ औं सिजनमा हुने प्रतिस्पर्धी यी हुनसक्नेछन्ः

  • रिया सेन- बलिवुड अभिनेत्री।
  • नंदीश संधू- ‘उतरन’ टेली श्रृंखलाका मुख्य पात्र।
  • निया शर्मा- टेली श्रृंखला अभिनेत्री।
  • ढिन्चक पूजा- यूट्यूबमा आफ्ना गीतका भिडियो राखेर चर्चामा आएकी ढिंचक पूजा पनि बिग बोसमा सहभागी हुनसक्ने बताइएको छ।
  • अंचित कौर- ‘स्वाभिमान’, ‘जमाई राजा’ जस्ता टेली श्रृंखलाकी अभिनेत्री।
  • जोया अफरोज- ‘हम साथ-साथ हैं’ मा नीलम र महेश ठाकुरकी छोरीको भूमिका निभाएकी जोया ‘पोन्ड्स फेमिना मिस इन्डिया २०१३ की सेकेन्ड रनर अप हुन्।
  • नवनीत कौर ढिल्लन- फेमिना मिस वर्ल्ड इन्डिया २०१३ की प्रतिस्पर्धी नवनीतले पन्जाबी फिल्म ‘अंबरसरिया’ र हिन्दी फिल्म ‘एकता’ मा काम गरेकी छन्।
  • मोहित मल्होत्रा- ‘बड़े अच्छे लगते हैं’ का अभिनेता।
  • मिस्टी चक्रवर्ती- ‘कांची’ र विद्या बालन की ‘बेगम जान’ मा मिस्टीले काम गरेकी छन्।
  • अभिषेक मलिक- एमटीवी स्प्लिटभिलामा देखा परेका थिए।
  • फलक नाज- फलकले ‘ससुराल सिमर का’ मा जाह्नवीको भूमिका निभाएकी छन्।
  • पलोमी दासः ‘सुहानी सी एक लड़की’ मा बेबीको भूमिका निभाएकी छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.