कपिललाई सुनिल ग्रोवरको सम्झनाले सताउन थाल्यो


भारतका चर्चित हास्य कलाकार कपिल शर्मालाई हिजोआज आफ्नो साथी, विशेषत सुनिल ग्रोवरको सम्झनाले सताउन थालेको छ।

सुनिलसँग झगडा भएपछि कपिलको निकै चर्चित ‘द कपिल शर्मा शो’ लगभग बन्द हुने अवस्थामा पुगेको थियो। अहिले कपिल आफ्नो आगामी चलचित्र ‘फिरंगी’ को सुटिङमा व्यस्त छन्।

निकै तनावमा रहेका उनी गत साता आफ्नो शोको सुटिङअगाडि स्टेजमै वेहोस भएका थिए। अहिले उनी अस्वस्थ्ताको अवस्थामा आफ्ना पुराना साथीहरुलाई सम्झिरहेका छन्। यति मात्र होइन, कपिलले आफ्नो फ्यानहरुको अगाडि सुनिल ग्रोवरलाई आफ्नो शोमा जहिले पनि स्वागत रहेको प्रतिक्रिया दिएका छन्। ‘उनी जतिबेला पनि आउन सक्छन। सुनिल मेरो भाई जस्तै हुन्।’

गत मार्चमा अस्ट्रेलियामा एउटा कार्यक्रम गरेर मुम्बई फर्किने क्रममा कपिलको सुनिल ग्रोवर र बाँकी साथीहरुसँग झगडा भएको थियो। बढ्दो झगडाका कारण सुनिल, अली असगर, सुगन्धा मिश्रा र चन्दन प्रभाकर कपिलको शोमा जान छोडेका थिए। चन्दनलाई कपिलले फकाएर आफ्नो शोमा फर्काए पनि अरु कलाकार फर्किएका छैनन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.