बुद्धिसागर पनि फिल्म लेखनमा: पारिश्रमिक १० लाख


‘कर्णाली ब्लुज’ तथा ‘फिरफिरे’ लेखक बुद्धि सागरले फिल्मलेखनमा पनि हात हालेका छन् ।

फिल्म लेखन आफ्नो विधा नभएकोले तत्काल लेखिहाल्ने पक्षमा नरहेको बताउँदै आएका बुद्धिसागरले भिडियो पार्लर चलाउने एक पात्रको कथामा आधारित फिल्मको स्क्रिप्ट लेख्न लागेका हुन् ।

फिल्म लेखे बापत उनले मोटो पारिश्रमिक बुझेको बताइन्छ । स्रोतका अनुसार उनले फिल्म लेख्नका लागि करिब १० लाख रूपैयाँ लिएका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.