सलमान, करन र अक्षयको फिल्म बाहुबलीका कारण रोकिएको हो?


सलमान खान, करन जोहर र अक्षय कुमारको फिल्म नबन्ने भएको छ। अक्षयको मुख्य भूमिका हुने भनिएको यो फिल्मका निर्माता करन र सलमान थिए।

‘ब्याटल अफ सारगढी’ मा आधारित यो फिल्म अब नबाउने निर्माता समूहले जनाएको छ। फिल्म नबन्ने भएपछि सुरुवातमा भएको खर्चको विवरण निकाल्ने काम भइरहेको छ।

ठूलो बजेटमा बन्न लागेको यो फिल्ममा खर्च भएको पैसा चाँडै असुल नहुने देखिएको भारतीय समाचारमाध्यमले जनाएका छन्।

‘ब्याटल अफ सारगढी’ मा आधारित भएर तीन वटा फिल्म बन्ने भएका थिए। अक्षय, सलमान र करनको बन्द भयो भने, अर्को अजय देवगनले बनाइरहेका थिए। उनले चाँडै यो फिल्म सुरु गर्ने भने पनि व्यस्तताका कारण सकेका छैनन्।

त्यस्तै, रणदीप हुड्डाको मुख्य भूमिकामा पनि यो फिल्म बन्ने भएको थियो। यसको सुटिङ सुरु भइसकेको थियो जसका लागि रणदीपले कपाल, दाह्री पालेर आफ्नो लुक परिवर्तन गरेका थिए। तर हाल सुटिङ हाल स्थगित रहेको बताइएको छ।

यसको पछाडि फिल्म बाहुबलीको असर रहेको भारतीय फिल्म विश्लेषकहरुले बताएका छन्। ‘वार थीम’ मा अत्यधिक सफल फिल्म बाहुबलीका कारण अरु फिल्मले यही थीममा आफू तयार नभएको महसुस गरेका छन्। ‘ब्याटल अफ सारगढी’ मा बन्न लागेका तीन वटै फिल्म रोकिनुको पछाडि बाहुबलीलाई पनि एक कारण मानिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.