रजनीकान्तको लोकप्रियता बढाउला सेल्वाको नयाँ फिल्मले?


दक्षिण भारतका  सुपरस्टार रजनीकान्तको आगामी फिल्म ‘१२–१२, १९५०’ चाँडैनै रिलिज हुने तयारीमा छ। फिल्मका निर्देशक सेल्वाले यो फिल्मबाट रजनीकान्तको स्टारडम चरम बिन्दुमा पुग्ने बताएका छन्।

फिल्मको पहिलो मोशन पोस्टर सार्वजनिक गर्दै सेल्वाले यो फिल्म रजनीकान्तको पाँच फ्यानहरुको बारेमा भएको बताए। यो फिल्म हास्यप्रदान भएको र रजनीकान्तको फ्यानहरुको यात्रासँग सम्बन्धित भएको निर्देशक सेल्वाले बताए।

रजनीकान्तको फ्यान हुँदा के हुन्छ भन्ने कुरा फिल्ममा देखाइएको भन्दै सेल्वाले यसबाट रजनीकान्तको लोकप्रियता चरम विन्दुमा पुग्ने बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.