शान्तिको लागि म पाईलट बाबाको आश्रम पुग्छुः मनिषा कोईराला


अभिनेत्री मनिषा कोइरालाले शान्तिको लागि हरिद्वारको पाइलटबाबा आश्रम जाने बताएकी छन्। गूरु पूर्णिमाको अवसरमा गुरुको आर्शिवाद लिन हरिद्वारमा पुगेकी मनिषाले शान्तिको लागि आफुँ पाइटलट बाबाको आश्रममा आउने गरेको बताईन्।

उनले शान्तिको लागि जीवनमा एउटा गुरु आवश्यक भएको बताईन्।

मिडियासँग कुरा गर्दै मनिषाले भनिन, ‘म गुरु पूर्णिमाको अवसरमा आफ्नो गुरुको आर्शिवाद लिन हरिद्वार आएकी हुँ, अध्यात्मतर्फ मेरो झुकाव पछिल्लो ३–४ वर्षदेखि बढेको छ, म शान्तिको लागि २ ठाउँ पुग्ने गर्छु, एक हरिद्वारको पाइलटबाबा आश्रम हो।

उनले आफ्नो गुरुसँगको तस्वीर पनि सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेकी छन्।

हालै मनिषाले खेलेको फिल्म ‘डियर माया’ रिलिज भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.