स्कर्ट लगाएर अवार्ड कार्यक्रममा पुगे रनवीर, दिपीकाले उडाइन् मजाक


बलिउड अभिनेता रनवीर सिंह आफ्नो लुक्स र ड्रेस सेन्सको कारण सधैं चर्चामा रहन्छन्। हालै रनवीर एक अर्वाड कार्यक्रममा स्कर्ट लगाएर पुगेपछि उनको कपडाको निकै चर्चा हुन थालेको छ। रनवीरले आफुले स्कर्ट लगाएको तस्वीर आफ्नो अकाउन्ट इन्स्टाग्राम र ट्वीटरमा पनि शेयर गरेका छन्।
कार्यक्रममा सबैले नयाँ फेसनको कपडा लगाएर आकर्षित बन्न चाहेपनि रनवीरले एकदमै नयाँ लुक्स दिएका थिए। उनले कालो रंगको पाइन्टको माथि निलो रंगको स्कर्ट लगाएका थिए। रनवीरको नयाँ लुक्सले सबैको ध्यान उनीतिरै खिचिएको थियो।

आफ्नो नयाँ लुक्सबाट रनवीर निकै उत्साहित भएपनि उनको गर्लफ्रेन्ड दिपीकालाई भने रनवीरको यो लुक्स मन परेन। दिपीकाले रनवीरको यो लुकप्रति प्रतिक्रिया दिँदै ट्वीटरमा ‘नो’ भन्ने जवाफ दिईन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.