आयशा टाकिया फिल्मी दुनियाँबाट किन हराइन्?

आयशा टाकिया फिल्मी दुनियाँबाट किन हराइन्?


बलिउड अभिनेत्री आयशा टाकिया सुन्दर अनुहार भए पनि खासै चलचित्र क्षेत्रमा सफल अभिनेत्री भने होइनन्। उनले अभिनय गरेका अधिकांश चलचित्रले राम्रो ब्यापार गरेका छैनन्।

केही समयदेखि चलचित्र क्षेत्रबाट हराएकी अभिनेत्री आयशा फेरि ‘बोरीवली का ब्रूस ली’ चलचित्रबाट कमव्याक गर्दैछिन्। उनी आफू चलचित्र क्षेत्रबाट चार वर्ष हराउनुमा आफ्नो व्यक्तिगत जीन्दगीमा रमाउन चाहेको अभिव्यक्ति दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

बिहेपछि चलचित्र क्षेत्रबाट किन हराएको भन्ने एक भारतीय मिडियाको प्रश्नमा उनले आफू चार वर्षदेखि क्यामराको अगाडि भएको र आफूले सानै उमेरदेखि अभिनय सुरु गरेको र त्यतिबेलादेखि आफ्नो नर्मल जीवन नबाँचेको कारण चलचित्र बाहिरको दुनियाँको जीन्दगी बाँच्न मात्रै केहि समय हराएको प्रतिकृया दिएकी छिन्।

एक बाल कलाकार रुपमा देखापरेकी आयशा टाकिया विज्ञापन र म्युजिक भिडियोमा निकै चर्चित बनेकी थिइन्। महाराष्ट्रको समाजवादी पार्टीका प्रमुख नेता अब आजमीका पुत्र फरहान आजमीसँग विवाह गरेकी आयशाले आफूलाई बुझ्न पनि समय चाहेको बताइन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.