गायक बने क्रिकेटर हरभजन

गायक बने क्रिकेटर हरभजन


भारतीय क्रिकेटर हरभजन गायक बनेका छन्। उनले म्यूजिक कम्पोजर मिथुनको एक गीतमा स्वर दिएका छन्। उनको यो गीत छिट्टै रिलिज हुने बताईएको छ।

गीतमा हरभजनले देशको मुख्य नायकलाई सलाम गरेका छन्। क्रिकेट जगतमा राम्रो छवि बनाएका हरभजनलाई कला क्षेत्र र संगीतमा निकै रुची छ। उनले यसअघि टीभी कार्यक्रम नच बलिएमा सहभागीता जनाएका छन् भने एक हास्य कार्यक्रममा जजको भूमिकामा देखिएका थिए।

खबरका अनुसार हरभजन छिट्टै एक्टिङ पनि गर्ने तयारीमा छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.