शाहरुखले दिएको कारमा सलमानले घुमाए गर्लफ्रेन्ड


बलिउडका दुई खान शाहरुख र सलमानको मित्रताले अहिले बलिउड तातेको छ। केही दिन अघिमात्र अभिनेता सलमान खानलाई शाहरुख खानले कार उपहार दिएका थिए।

सोही कारमा सलमान अहिले आफ्नी गर्लफ्रेन्ड लुलियासँग घुमिरहेको भेटिएका छन्। यी दुईको साथमा अभिनेत्री सोनाक्षी सिन्हा पनि भेटिएकी छन्।
सलमानलाई एक पार्टीबाट फर्किएको समयमा मुम्बईको बान्द्रामा देखिएको थियो। कारमा सलमान, ड्राइभर, सोनाक्षी पछाडिको सिटमा लुलिया देखिएकी थिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.