`सल्लु की शादी´ अगस्टमा


बलिउड अभिनेता सलमान खान विहेको कारण सधैं चर्चामा रहने गर्छन्। ५० वर्ष पुगेका सलमानको विहेको रहर पुरै बलिउड र उनको शुभचिन्तकलाई छ। उनको प्रशंसकलाई भने सलमानले एक न एक दिन पक्कै विहे गर्छन भन्ने विश्वास  छ।

सलमानको विहेको नाममा एउटा फिल्म नै बनेको छ। ‘सल्लू की शादी’ नामको फिल्म यही अगस्त मा रिलिज हुने भएको छ। फिल्मको पोस्टर सार्वजनिक भएसँगै यो फिल्मको चर्चा हुन सुरु भएको छ। पोस्टरमा सलमानका फ्यानले भनेका छन्, ‘जबसम्म सलमानको विहे हुँदैन तबसम्म म पनि बिहे गर्दिन’।

यो फिल्मको निर्देशन इसरार अन्सारीले गरेका छन्। कलाकार जीनत अमान, किरण कुमार, असरानीले यस फिल्ममा अभिनय गरेका छन्।।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.