मोदीलाई भेट्दा प्रियंकाले छोटो लुगा लगाउनुको कारण खुल्यो


भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीलाई भेट्न जाँदा अभिनेत्री प्रियंका चोपडाले लगाएको लुगाले उनको निकै आलोचना भएको थियो। उनले त्यो समय किन छाटो लुगा लगाएर गईन भन्ने विषयमा प्रियंकाकी आमाले एक कार्यक्रममा स्पस्ट पारेकी छन्। आमा मधु चोपडाले  प्रियंकले अचानक प्रधानमन्त्री मोदीलाई भेट्नुपरेकाले लगाएको कपडा फेर्न नपाई जे लगाएको छ त्यहीमा जानु परेको बताईन्।

उनको आमाले भनिन्,‘प्रियंका त्यो बेला फिल्म बेवाचको प्रमोशनको लागि बर्लिन पुगेकी थिईन, उनले अचानक प्रधानमन्त्रीसँग भेट्ने मौका पाउँदा कपडा पनि बदल्ने समय पाईनन्।’

भारतीय प्रधानमन्त्री मोदी मे महिनामा ४ देशको भ्रमणमा थिए। त्यही समय उनले प्रियंकासँग भेट गरेका थिए।

प्रियंकाले नै मोदीसँग भेटेको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी थिईन्। उक्त फोटोलाई लिएर मानिसकरुले सामाजिक सञ्जालमा ट्रोल गर्दै ढङ्गको कपडा नलगाएको भन्दै आलोचना गरेका थिए। ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.