राखी सावन्त जेल जाने !


महर्षी वाल्मीकिको विरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा बलिउडकी कलाकार राखी सावन्तले पेश गरेकी जमानतको प्रस्ताव रद्ध भएको छ। भारतको लुधियानाको अदालतले शुक्रबार अभिनेत्री राखी सावन्तको जमानतको लागि गरिएको प्रस्ताव अस्वीकार गरेको हो।

राखीले शुक्रबार पेशी अगाडी नै अदालतमा आत्पसर्मपण गरेकी थिईन्। आफूलाई कसैले नचिनोस भनेर उनले बुर्का लगाएर अदालत गएकी थिईन्। बिहीबार नै राखीलाई अदालतले जमानत दिएको थियो र शुक्रबार उपस्थितिको लागि बोलाएको थियो।

शुक्रबार उनी अदालत नगएपछि एकदिन अघि दिइएको जमानत रद्ध गर्दै अगस्ट ७ मा उपस्थितिको लागि अदालतले आदेश दिएको छ।
पछिल्लो महिना अदालतले राखीलाई जमानत नमिल्ने गरि ७ जुलाईमा उपस्थित हुन आदेश दिएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.