किन आत्महत्या गर्न चाहन्थे कैलाश खेर?

किन आत्महत्या गर्न चाहन्थे कैलाश खेर?


भारतीय सूफी गायक कैलाश खेर शुक्रबार आफ्नो जन्मदिन मनाईरहेका छन्। सानो उमेरदेखिनै संगीतमा रमाउने कैलाश खेर आजको समयमा निकै सुन्दर जीवन बाँचीरहेका छन्। उनी आज अर्बैं सम्पत्तिका मालिक हुन्।

कैलाश खेरलाई आजको दिनसम्म आउन भने निकै संर्घष गर्नुपरेको छ। जीवनबाट हरेस खाएर कुनै दिन उनले आत्महत्या गर्ने सोचेका थिए।

भारतको उत्तर प्रदेशमा जन्मिएका कैलाशले ४ वर्षको उमेरमा नै गीत गाउन सुरु गरेका थिए। उनी आफ्नो स्वरले सबैलाई चकित बनाउने गर्थे। तर जब कैलाशले गायनलाई नै पेशा बनाउने निर्णय गरे तब सबैले उनको विरोध गर्न थाले। सबैको विरोधका बाबजुद उनले १४ वर्षको उमेरमा घर छाडेर संगीत सिक्न थाले।

आफ्नो पेट पाल्नको लागि उनले गर्न सक्ने सबै काम गरे। संगीतको ट्युसन पढाएर उनले आफ्नो पेट पाल्ने र आफ्नो संगीत कक्षाको पैशा तिर्ने गर्थे।

कैलाशको लागि सन् १९९९ वर्ष निकै कष्टकर रह्यो। यो समयमा उनले आफ्नो साथीसँग मिलेर एउटा व्यपार सुरु गरेका थिए जुन नराम्रोसँग फस्यो। त्यसपछि उनलाई निकै नोक्सान भयो। यो समय उनले आफुलाई सम्हाल्न सकेनन् र आत्महत्याको चरणमा पुगे।

उनी मानसिक रोगबाट ग्रसित भए र शान्तिको लागि ऋषिकेशमा समय बिताउन गए।

दिल्ली यूनिभर्सिटीबाट पढाई सकेर उनी सन् २००१ मा मुम्बई आए। आफ्नो पेट पाल्नको लागि उनले जस्तो गीत पाईन्छ त्यही गाउन थाले।
संगीत निर्देशक राम संपतलाई भेटेपछि उनको संगीत यात्रा उकालो लाग्दै गयो। त्यसदिनदेखि कैलाश खेरले पछाडी फर्केर हेर्नुपरेको छैन। आज उनी गायन क्षेत्रमा निकै प्रख्यात छन्।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.