सलमानको ‘बिइङ ह्युमन’ को नाममा धोका


बलिउड अभिनेता सलमान खानले चलाएको सामाजिक संस्था ‘बिईङ ह्युमन’ को नाममा धोका भएको छ। सलमानले अन्य व्यक्त्तिले आफ्नो संस्थाको नामको दुरुपयोग गरेको बताउँदै यसप्रति सचेत हुन सबैलाई आग्रह गरेका छन्।

उनले आफ्नो ट्वीटर ह्यानडलबाट ट्वीट गर्दै लेखेका छन्, ‘बिइङ ह्ययुमनको नाममा फेक वेवसाईट र सलमानसँग काम गरेको दावी गर्दै गलत व्यक्तिहरु यसमा लागेकाले सबैलाई सचेत हुन आग्रह गर्दछु।’

सलमानले यो लिस्टमा अमित आहुजा, समीर र रवी मलहोत्रा जस्तो नाम परेको र यस्तो फेक नामको पछि नलाग्न सबैलाई आग्रह गरे। उनले आफ्नो संस्थाले कुनै पनि प्रकारको पैशा नअसुल्ने र यसबाट टाढा रहन आग्रह गरेका छन्।

सलमानले संस्थाको बारेमा कुनै पनि जानकारी लिन परे यसको व्यवसायिक वेवसाईटमा बुझ्न आग्रह गरेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.