रणवीरले भेट्टाए नयाँ प्रेमिका !


सधैं केटी साथीका कारण चर्चामा रहने अभिनेता रणवीर कपुर अहिले पनि यसै कारण चर्चामा छन्। अभिनेत्री कट्रीना कैफसँग ब्रेकअप भएपछि रणवीरले अहिले नयाँ गप्रेमिका भेट्टाएको खबर बाहिर आएको छ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार रणवीर फिल्म दुनियाँ बाहिरको युवतीसँग प्रेममा परेका छन्। आमा नितुले विवाहको लागि दवाव दिइरहेको बेला रणवीर नयाँ युवतीसँग धेरैठाउँ भेटिएपछि सबैको ध्यान उनीतिर गएको छ।

रणवीर अहिले फिल्म ‘जग्गा जासुस’ को प्रमोशनमा निकै व्यस्त छन् । स्रोतका अनुसार रणवीरलाई साथ दिन ति युवती ‘जग्गा जासुस’को प्रमोशनमा पनि पुगेकी थिइन्। ति युवती को हुन् अहिलेसम्म खुल्न भने सकेको छैन।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.