अभिनेता ऋषि कपुरकी ‘बुहारी’ बन्दै तापसी पन्नू


बलिउड अभिनेत्री तापसी पन्नू अभिनेता ऋषि कपुरकी ‘बुहारी’ बन्ने भएकी छन्। तर, तापसी ‘रियल लाइफ’ मा नभएर ‘रील लाइफ’ मा ऋषि कपुरकी बुहारी बन्ने भएकी हुन्।

अभिनय देवको निर्देशनमा बन्न लागेको नक्सल र आतंकवादसँग सम्बन्धित फिल्ममा तापसीले ऋषिकी बुहारीको भूमिका निभाउने भएकी हुन्।

फिल्मको नाम हाल सार्वजनिक नभएपनि तापसीले यसमा आफ्नो परिवारका लागि लडिरहेकी महिलाको भूमिका निभाउने छन्। तापसी हाल बरुण धवन र ज्याकलीन फर्नान्डिज सँगको ‘जुडवा २’ को सुटिङमा व्यस्त छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.