‘प्याडम्यान’ आउने पक्का ; नेपालले दियो  ८० लाख एमजी


झण्डै दुई वर्ष भन्दा बढी समयपछि युवा स्टार अनमोल केसीको फिल्म ‘कृ’ रिलिज हुँदैछ। रिलिज भएका फिल्मी लुक्स, गीत तथा ट्रेलरले दर्शकमा फिल्म लिएर उत्सुक्ता जगाइदिएको छ। फिल्म यही शुक्रबार रिलिज हुँदैछ।

शुक्रबार फिल्मले सोलो रिलिज पाउने अनुमान गरिएकोमा अब त्यो नहुने भएको छ।  बलिउड अभिनेता अक्षय कुमार अभिनित वायोपिक फिल्म ‘प्याडम्यान’को नेपाल रिलिज पक्का भएको छ। रिलिज पक्काले ‘कृ’ले आफ्नो झण्डै ३ करोड रूपयाँको लगानी उठाउन अब ज्यादा मेहेनत गर्नुपर्ने छ। हल बाँडिना पुग्दा यस्तो भएको हो।

फिल्मलाई गोपीकृष्ण मुभिजले करिब पचास लाख भारू  ‘मिनिमम ग्यारेन्टी’ (इमजी)मा किनेको हो। यस अन्तरगत फिल्मले नेपालमा व्यापार नै नगरेपनि कम्तीमा ८० लाख नेपाली रूपयाँ लैजानेछ। वितरक निरज पौडेलले सेतोपाटीसँग कुरा गर्दै सो रकम तिरेको बताएका हुन्।

‘प्याडम्यान’ले  सामाजिक, त्यसमाथि पनि महिलासँग सम्बन्धीत मुद्दा बोकेकाले नेपाली दर्शकको मन जित्ने अनुमान गरिएको छ। अनमोल पनि दुई वर्ष भन्दा बढी समयपछि पर्दामा देखिन भएकाले उनीहरू बिच रोचक भिडन्त हुने अनुमान गरिएको छ। मल्टिप्लेक्समा दुबै फिल्मलाई प्राप्त शो संख्याले त्यसको संकेत देखाएको छ।

राजधानीमा सबैभन्दा धेरै पर्दा भएको क्यूएफएक्सले ‘कृ’ लाई १८ शो दिएको छ भने ‘प्याडम्यान’लाई १३ शो दिएबाट पनि यसको पुष्टि हुन्छ।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.