के सलमानसँग ‘रेस ३’ खेल्दैछिन् यी नेपाली अभिनेत्री?


नेपाली फिल्ममा अभिनयका लागि कम र अभिनेता विराज भट्टसँगको सम्बन्धका कारण ज्यादा चर्चा बटुलेकी अभिनेत्री जेनिशा केसी पछिल्लो समय बलिउडमा आफ्नो भाग्य जमाउन संघर्षरत: छिन्।

यसैबिच उनले आफ्नो फेसबुकमा बलिउड अभिनेता सलमान खानसँगको फोटो पोस्ट गर्दे छिट्टै केहि गर्न लागेको संकेत गरेकी छन्। मंगलबार आफ्नो फेसबुक वालमा सलमानसँगको फोटो पोस्टमा उनले लेखेकी छिन्, ‘मैले हिजो राती किन सलमान खानलाई भेटे? तपाईहरूलाई म चाँडै भन्नेछु।  जब सहि समय आउनेछ, म भन्नेछु। जसले कुर्न सक्छ, उसका लागि अवश्य पनि सही समय आउनेछ। तपाईंहरूलाई धेरै माया।’

यसअघि बलिउड नायिका प्रियंका चोपडा निर्मित ‘जय काशीनाथ’मा अभिनय गरेकी जेनिशाले सलमानसँग के काम गर्न लागेकी हुन, त्यो समय आएपछि उनले सार्वजनिक गर्लिन नै। सलमान हाल ‘रेस ३’को सुटिङ गरिरहेका छन्। यस्तोमा जेनिशाले सो फिल्ममा काम गर्न सक्ने अनुमान भने गर्न सकिन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.