‘रुद्रप्रिया’को प्रिमियर


शुक्रबार प्रदर्शनमा आउन लागेको फिल्म ‘रुद्रप्रिया’को काठमाडौंमा प्रिमियर शो गरिएको छ। करिब ८ वर्षपछि सँगै देखिएका अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलको फिल्म रुद्रप्रियाको प्रिमियरमा सोमबार भएको हो।

कात्तिक २ गतेबाट देशभर प्रदर्शनको तयरीमा रहेको ‘रुद्रप्रिया’ को प्रिमियर शो मा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ।

प्रिमियर शो सकिएर हलबाट बाहिरीएका दर्शकले फिल्मको कथाबस्तु र प्रस्तुती राम्रो भएको प्रतिक्रिया दिएका छन्।आफूले मन पराएको मान्छेले विवाह नगर्दा कस्तो सम्मको पीडा पाइन्छ ‘रुद्रप्रिया’मा देखाइएको छ।

८ वर्षपछि सँगै देखिएको जोडी रेखा र आर्यनलाई पनि दर्शकले निकै रुचाएका छन्। सधैं नारीमा केन्द्रित कथामा प्रस्तुती दिने रेखाको रुद्रप्रिया पनि महिलाप्रधान नै भएको रेखाले बताइन्।

फिल्ममा रेखा नै मूख्य केन्द्रमा छिन्। उनको अभिनयले पनि सधैं झैं प्रशंसा पाएको छ।

प्रिमियरमा सिनेमाका मुख्य कलाकार रेखा थापा, आर्यन सिग्देल, राजन इशान, निर्देशक सुदिप भुपाल सिंह, निर्माता सरस्वती थापा, रमेश एमके पौडेल पनि उपस्थित थिए ।

यसैगरि कलाकार हरिवंश आचार्य, छविराज ओझा, हेमराज बिसी, केकी अधिकारी, रिमा बिश्वकर्मा, नीता ढुंगाना, शिल्पा पोखरेल, आमेश भण्डारी लगायतले पनि रुद्रप्रिया हेरेका थिए।

फिल्म ‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका छन्। फिल्मको निर्माता सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.