सौगात-वेनिशाको झ्यानाकुटी (भिडियो)


सौगात मल्ल र वेनिशा हमाल मुख्य भूमिकामा रहेको फिल्म ‘झ्यानाकुटी’को ट्रेलर रिलिज भएको छ। अभिनेत्री निशा अधिकारी मल्ल र निर्देशक सिमोश सुनुवारले मिलेर  निर्माण गरेको ‘झ्यानकुटी’लाई  मिसन पैसा, फस्ट लभजस्ता फिल्मका निर्देशक सुनुवारले नै निर्देशन गरेका छन्।

हास्यप्रधान फिल्मले श्रीमान्-श्रीमतीको कथा भन्छ।

फिल्ममा सौगात र वेनिशाका अलावा सुमी मोक्तान, जीवन भट्टराई, पुष्कर गुरुङलगायतले अभिनय गरेका छन्

प्रदीप भारद्वाजको लेखनमा तयार फिल्मको सम्पादन निर्देशक सुनुवार आफैंले गरेका छन्। हरि हुमागाईंले फिल्म खिचेका हुन्।

फिल्ममा निशा अधिकारीलाई देखिने/नदेखिने अहिलेसम्म खुलेको छैन। यद्यपी, निर्माणका अलावा फिल्ममा निशाको कोरियोग्राफी भने देख्न सकिनेछ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.