‘पिंजडा ब्याक अगेन’को गीत ‘कु कु कु…’मा यसरी नाँचे निखिल र सारा(भिडियो)

‘पिंजडा ब्याक अगेन’को गीत ‘कु कु कु…’मा यसरी नाँचे निखिल र सारा(भिडियो)


निखिल उप्रेती अभिनित फिल्म ‘पिंजडा ब्याक अगेन’को पहिलो गीत सार्वजनिक भएको छ। ‘कु कु कु…’ बोलको गीतमा अन्जु पन्त र  राजनराज सिवाकोटीले स्वर दिएका छन्। गीतमा संगीत पनि राजनराज सिवाकोटीले  नै दिएका छन्।

पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको गीतमा निखिल उप्रेती र सारा देखिएका छन्। गीतलाई रामजी लामिछानेले कोरियोग्राफी  गरेका छन् भने सौरव लामाको छायाँकन रहेको छ।

पत्रकार भेटमा संगीतकार सिवाकोटीले लोक टुक्काहरूको समिश्रणमा तयार भएको गीत दर्शक तथा श्रोताले मन पराउने विश्वास व्यक्त्त गरेका छन्। उनले लोप हुँदै गएका नेपाली शब्दको बारेमा नेपाली दर्शक तथा श्रोतालाई जानकार गराउन लोक शब्दलाई निरन्तरता दिईरहेको बताउँदै गीत मनाेरञ्जनको  लागि मात्र नभई शब्दकोषको बारेमा पनि बुझिदिन दर्शकलाई आग्रह गरेका छन्।

हिमाल केसीले निर्देशन गरेको फिल्म ‘पिंजडा ब्याक अगेन’ लाई  मौनता श्रेष्ठले लेखेका छन्। फिल्ममा रोहित पुरी, गोविन्द गैरे, चन्द्रबहादुर क्षेत्रीको लगानी छ।

फिल्ममा निखिल र सारासँगै सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ र कुशाग्रह भट्टराईको मुख्य भूमिका छ।

फिल्म माघ ४ गते प्रदर्शन हुनेछ।

हेर्नुस् भिडियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.