रेखा थापाको कार दुर्घटना


अभिनेत्री रेखा थापाको कार दुर्घटना भएको छ। बुधबार दिउँसो करीब १२ बजे आफैँले चलाएर आइरहेको कारलाई चावाहिलमा मालवहाक ट्रकले ठक्कर दिँएको हो।

ट्रकले रेखाको कारलाई ठक्कर दिँदा उनको कारकाे साइडमा क्षति पुगेको छ। उनी सुरक्षित छिन्।

थापाले भनिन ,‘भाग्यले बाँचे। अहिलेसम्म मलाई के भयो भनी होस छैन। चलाईरहेको कारमा अगाडीबाट ट्रकले एक्कासी ठक्कर दियो। म निकै आत्तिएँ। म सुरक्षित छु।’

रेखाले  ट्रकको ड्राइभरलाई  प्रहरीले कब्जामा लिएको बताइन्। उनी टीभी फिल्मीमा अन्तर्वार्ता दिएर घर फर्किरहेकी थिइन्।

ट्रक चालक र रेखा थापा अहिले गौशाला प्रहरी वृतमा छन्।

यो पनि पढ्नुस्।

कपिल शर्मालाई इन्टरनेटमा खोज्नुहुन्छ? साइबर अपराधीको जालमा पर्नुहोला!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.