फाटेको जुत्ता लगाएको फोटो फेसबुकमा पोष्ट गरे नयाँ जुत्ता पाइने!


फिल्म ‘फाटेको जुत्ता’ले दर्शकको लागि नयाँ योजना सार्वजनिक गरेको छ। अर्जुन कुमारको निर्माणमा बनेको फिल्म ‘फाटेको जुत्ता’को प्रचार प्रसारको लागि निर्माण टिमले फाटेको जुत्ता लगाएको फोटो फेसबुकमा अपलोड गर्ने २५० जनालाई नयाँ जुत्ता प्रदान गर्ने जनाएको छ।

कात्तिक १७ गतेदेखि रिलिज हुने फिल्मलाई दर्शकसामु प्रचार यस्तो योजना ल्याएको निर्माण पक्षले जनाएको छ। फिल्मका निर्माता अर्जुन कुमारले दिएको जानकारी अनुसार फाटेको जुत्ता फेसबुकमा पोस्ट गरि ट्याग गर्ने २५० जनालाई गोलाप्रथाद्वारा विजेता घोषणा गरि नयाँ जुत्ता उपलब्ध हुनेछ।

उनले भने,’ फाटेको जुत्ता लगाएर फेसबुकको ‘फाटेको जुत्ता’को फेसबुक पेज वा मेरो पेज अर्जुन कुमारमा दर्शकले ट्याग गरे हरेक हप्ता गरि ३ हप्तामा २५० जनालाई नयाँ जुत्ता दिनेछौं। गोलाप्रथाद्वारा बिजेताको नाम घोषणा हुनेछ।’

विजेतालाई नयाँ जुत्ता घरमै पुर्याइने पनि उनले सेतोपाटीलाई बताए।

निर्माता अर्जुन कुमारले नयाँ जुत्ता बिभिन्न व्यापारिक संस्थाले उपलब्ध गराएको जनाएका छन्।

फिल्मका निर्देशक निकेश खड्का हुन्। फिल्ममा दयाहाङ राई, वर्षा राउत प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको मुख्य भूमिका छ।

प्रवेश मल्लिक र शंकर थापाको संगीत रहेको फिल्मको गीतमा विराज गहतराज र राजिव समरको कोरियोग्राफी रहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.