भिडियोमा ‘परिवर्तन’


‘परिवर्तन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। आयुश्मान ज्ञवालीको शब्द, राजिव ज्ञवाली र आयुश्मान ज्ञवालीको संगीत तथा स्वरमा तयार गीतको भिडियोलाई आशिष पौडेलले निर्देशन गरेका छन्।

फिल्मदेखि साहित्य, बैंकिङ, समाजसेवाक्षेत्रका व्यक्तिलाई देख्न सकिने भिडियोमा भोला रिजाल, अनुराधा कोइराला, साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, सिपोरा गुरुङ, ऋषि धमला, दीक्षा चापागाईं, अनीलकेशरी शाह, महावीर पुन, खगेन्द्र संग्रौला छन्।

‘परिवर्तन’ ले आफूलाई परिवर्तन गर्नुपर्ने सन्देश दिन्छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.